थप २९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार पनि २५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
आज देशभर १४७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
उता देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा