आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। कुल संक्रमितमध्ये हालसम्म कोरोना जित्नेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । उता आज थप २९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा