आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। कुल संक्रमितमध्ये हालसम्म कोरोना जित्नेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । उता आज थप २९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति