३९६ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरिंदै
सातै प्रदेशमा सरुवा रोग अस्पताल बन्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आज एकैसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ ।
आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच पुर्याउने उद्देस्यले आज ३९६ स्थानीय तहमा १५ शैय्या सम्मका अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास हुँदैछ ।
अस्पताल शिलान्यास गर्ने क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल चितवनको भरतपुरमा प्रादेशिक सरुवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्न जान लागेको मन्त्रालयले जनाएको छ ।
सरकारको यस वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । त्यही अनुरुप यी अस्पतालहरु बन्ने क्रम शुरु भएको हो । यसका लागि बजेट समेत छुट्याइसकेको मन्त्रालयले जनाएको ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति