२४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु, १२५५ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको छ ।
नेपालमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमित थपिने क्रम घट्दै गएको छ भने यसबाट हुने मृत्युदर भने उकालो लागिरहेको छ । मन्त्रालयका अनुसार आज देशभर १२५५ जना मात्र कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
यी मध्ये २ लाख १२ हजार ५९० जना संक्रमित निको भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ । यसैगरी ६३२ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा