विश्वमा कोरोना : संक्रमितको संख्या सवा ६ करोड नाघ्यो, १४ लाख ५८ हजारको मृत्यु
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमितको संख्या सवा ६ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख ६३ हजार १८४ पुगेको छ ।
यसैगरी विश्वमा हालसम्म १४ लाख ५८ हजार १०३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । उता कुल संक्रमितमध्ये ४ करोड ३१ लाख ८८ हजार ४८४ जना संक्रमित निको भएर घर फर्किसकेको बताइएको छ ।
वर्ल्डोमिटरका अनुसार विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ भने निको हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी हाल शुनय दशमलब ६२ प्रतिशत संक्रमित सिकिस्त रहेका छन्। चीनबाट शुरु भएर २१८ देशमा फैलिएको कोरोना संक्रमणको सत्रैभन्दा धेरै चपेटामा अमेरिका परेको पाइन्छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ३६ लाख १० हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ लाख ७२ हजार २५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको वर्ल्डोमिटरले जनाएको छ ।
अमेरिकापछि भारतमा बढी संक्रमित रहेका छन्। भारतमा हालसम्म ९३ लाख ९०हजार ७९१ जनामा संक्रमण पुष्टि भएको छ । जबकी १ लाख ३६ हजार ७०५ जनाको मृत्यु भएको छ ।
नेपालमा भने हालसम्मम २ लाख ३० हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने शनिबारसम्म १४ सय ५४ जनाको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा