Health TV Online
Health TV Online
Health TV Online

कोरोना जितेका क्यान्सर सर्भाइभरले भने -मनोबल उच्च राखे सबै रोगलाई जित्न सकिने रहेछ

कोरोना जितेका क्यान्सर सर्भाइभरले भने -मनोबल उच्च राखे सबै रोगलाई जित्न सकिने रहेछ

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरसको संक्रमणमा परेर यसलाई जितेका क्यान्सर सर्भाइभरहरुले उच्च मनोबल राखेमा सबै रोगलाई जित्न सकिने बताएका छन्। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।

भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा सर्भाइभरहरुले आफूहरुले उच्च मनोबल र चिकित्सकको सल्लाहमा बसेर कोरोना समेत जितेको सेयर गरेका थिए । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले कोरोनाको बढी जोखिम क्यान्सरका बिरामीमा भएको भए पनि यसलाई जित्नका लागि उच्च मनोबलको आवश्यकता समेत पर्ने जनाएका थिए । उनले क्यान्सर जितिसकेका भन्दा पनि उपचारमा रहेका किमो लिंदै गरेका बिरामीलाई बढी असर पर्ने जनाए । उनले कोरोनाको डर छ भनेर क्यान्सरको उपचार छोड्न नहुनेमा जोड दिए । उनले आफू र आफनो परिवार नै कोरोना संक्रमण मा परेर निको भएको भन्दै संक्रमण भयो भन्दैमा आत्तिन नहुने सल्लाह दिएका थिए ।

यसैगरी अर्को चिकित्सक पल्मोनोलोजिष्ट डा राजु पंगेनीले कोरोनाको भाइरस नयाँ भएकाले पनि समाजमा अनेक खालका भ्रम रहेको भन्दै यसबाट बच्न आफै सचेत हुनुपर्ने बताए । उनले कसैलाई संक्रमण भइहालेमा पनि ९ दिनपछि अर्को व्यक्तिमा सर्ने सम्भावना नभएकाले ९ दिन पछि परिवारमा घुलमिल हुन सकिने जनाए । उनले कोरोना संक्रमितमा अक्सिजनको मात्रा कम हुने समस्या भएमा घरमा घोप्टो परेर सुत्दा धेरै फाइदा हुने र सकेसम्म अस्पताल जान सल्लाह दिएका थिए ।

छलफल कार्यक्रममा कोरोना संक्रमणमा परेका क्यान्सर सर्भाइभरले आ -आफनो कोरोना अनुभव सुनाएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार