शनिबार थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
यी मध्ये शनिबारसम्म २ लाख ११ हजार १८६ जना कोरोना संक्रमित निको भएर आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।
हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोनाको आशंकामा ६१८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा