शनिबार थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
यी मध्ये शनिबारसम्म २ लाख ११ हजार १८६ जना कोरोना संक्रमित निको भएर आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।
हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोनाको आशंकामा ६१८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
नेपालमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस, सावधानी अपनाउन मन्त्रालयको आग्रह
दिल्लीमा १० महिनापछि खुले स्कुल
नेपालमा पुनःस्थापना क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीबीच छलफल
आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सहमति