३५४ जना कोरोना संक्रमितको आईसीयूमा र ५४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबारसम्म ३५४ जना सिकिस्त कोरोना संक्रमित आईसीयूमा र ५४ जना भेन्टिलेटरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५४ जना संक्रमित आईसीयूमा र ५४ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितमा श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन थेरापी र अन्य सपोर्ट गर्ने मेडिसिन दिनका लागि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा आईसीयूमा ४ जना र १ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी बाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आईसीयू र भेन्टिलेटरमा रहेको पाइन्छ ।
बाग्मतीमा हाल ११५ जना आईसीयूमा र २९ जना भेन्टिलेटरमा रहेका छन्। उता गण्डकी प्रदेशमा ११७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी ११ जना आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा संक्रमित छैनन्। उता सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण