बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले गरे प्लाज्मा दान
हेल्थ टिभी अनलाइन \ बाँके : बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राम बहादुर कुरुम्वाङले प्लाज्मा दान गरेका छन्। उनले बाँकेमा उपचाररत सिकिस्त कोरोना संक्रमितको लागि आज प्लाज्मा दान गरेका हुन्।
कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा आफै फिल्डमा खटिंदै आएका सिडिओ कुरुम्वाङलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
सामाजिक संजालमा निकै सक्रिय उनले दुई दिन अघि आफनो ब्लड ग्रुप एबी पोजेटिभ रहेको र निको भएको ३० दिन पुगेकाले आफू प्लाज्मा दान गर्न योग्य भएको भन्दै लेखेका थिए । आज आफूले प्लाज्मा दान गरेको कुरा पनि उनले सामाजिक संजालमा सेयर गरेका छन्। उनीसँगै नेपालगंज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापाले पनि प्लाज्मा दान गरेकी छिन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा