Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले गरे प्लाज्मा दान

बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले गरे प्लाज्मा दान

हेल्थ टिभी अनलाइन \ बाँके : बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  राम बहादुर कुरुम्वाङले प्लाज्मा दान गरेका छन्। उनले बाँकेमा उपचाररत सिकिस्त कोरोना संक्रमितको लागि आज प्लाज्मा दान गरेका हुन्।

कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा आफै फिल्डमा खटिंदै आएका सिडिओ कुरुम्वाङलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सामाजिक संजालमा निकै सक्रिय उनले दुई दिन अघि आफनो ब्लड ग्रुप एबी पोजेटिभ रहेको र निको भएको ३० दिन पुगेकाले आफू प्लाज्मा दान गर्न योग्य भएको भन्दै लेखेका थिए । आज आफूले प्लाज्मा दान गरेको कुरा पनि उनले सामाजिक संजालमा सेयर गरेका छन्। उनीसँगै नेपालगंज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापाले पनि प्लाज्मा दान गरेकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन