स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको अस्पताललाई निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता नरोक्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
वीर अस्पताल लगायतका केही अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन समेत गरिरहेका बेला मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । मन्त्रालयले कोरोना उपचार र परीक्षणमा खटिएका स्वास्थ्यकर्मीका लागि भत्ता वापतको रकम निकासा भइसकेकाले सो रकम उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले कोभिड अस्पतालहरुलाई कोभिड -१९ का संक्रमितहरुको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउने आदेश २०७७ बमोजिम संक्रमितको प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्तसम्मको ६६ करोड ८७ लाख ४५ हजार रुपैंया निकासा भइसकेको जनाएको छ ।
जोखिम भत्ता पनि त्यसमै समावेश भएकाले स्वास्थ्यर्मीलाई जोखिम भत्ता तुरुन्त दिन मन्त्रालयले निर्देशन दिएको हो । आज सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन गरिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण