Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा आज बिहानै थप २ जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा आज बिहानै थप २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान एक महिला र एक पुरुष संक्रमितको मृत्यु भएको जनाएको हो ।

यसरी मृत्यु हुनेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका – १७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुर जिल्ला हेटौंडा – १० का ५७ वर्षीया महिला रहेका छन्।

चितवनका पुरुषमा मंसीर ३ गते कोरोना संक्रमण पुष्टि भएको र श्वासप्रश्वासमा समस्या भएपछि मंसीर ५ गते अस्पताल भर्ना भएको जनाइएको छ । त्यसैगरी मकवानपुरकी महिलामा मंसीर ८ गते कोरोना पोजेटिभ देखिएको र ११ गते मात्र अस्पतालमा भर्ना हुन आएको अस्पतालले जनाएको छ ।

उनीहरु दुबै जनाको आइसीयूमा राखेर उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार