भरतपुर अस्पतालमा आज बिहानै थप २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान एक महिला र एक पुरुष संक्रमितको मृत्यु भएको जनाएको हो ।
यसरी मृत्यु हुनेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका – १७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुर जिल्ला हेटौंडा – १० का ५७ वर्षीया महिला रहेका छन्।
चितवनका पुरुषमा मंसीर ३ गते कोरोना संक्रमण पुष्टि भएको र श्वासप्रश्वासमा समस्या भएपछि मंसीर ५ गते अस्पताल भर्ना भएको जनाइएको छ । त्यसैगरी मकवानपुरकी महिलामा मंसीर ८ गते कोरोना पोजेटिभ देखिएको र ११ गते मात्र अस्पतालमा भर्ना हुन आएको अस्पतालले जनाएको छ ।
उनीहरु दुबै जनाको आइसीयूमा राखेर उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा