थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य १४१२ पुगेको हो ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उता निको हुने दर भने ९२ प्रतिशत जनाइएको छ ।
आज देशभर १६१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यी मध्ये २ लाख ९ हजार ४३५ जना संक्रमित संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
उता देशभर हाल १६ हजार ७९३ जना संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा