गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ ।
यसरी मृत्यु हुनेहरुमा कास्की जिल्ला पोखरा १३ की ६६ वर्षीया महिला र लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ७ का ८७ वर्षीया रहेका छन्। दुबै जना संक्रमितको बुधबार राती मृत्यु भएको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा