२४ घण्टामा १७९० कोरोना संक्रमित थपिंदा २४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्यालाई हेर्दा एक घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।
आइतबार र सोमबार पनि १६\ १६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेको संख्या हेर्दा यो पछिल्ला दिनहरुमा सक्रमण हुने दर भन्दा मृत्यु हुनेहरुको दर उच्च रहेको पाइएको छ । यसैगरी आज देशभर १७९० जना कोरोनाका नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
उता आज २७९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण