२४ घण्टामा १७९० कोरोना संक्रमित थपिंदा २४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्यालाई हेर्दा एक घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।
आइतबार र सोमबार पनि १६\ १६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेको संख्या हेर्दा यो पछिल्ला दिनहरुमा सक्रमण हुने दर भन्दा मृत्यु हुनेहरुको दर उच्च रहेको पाइएको छ । यसैगरी आज देशभर १७९० जना कोरोनाका नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
उता आज २७९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति