परीक्षण नै नगरी रिपोर्ट दिएको भन्ने आरोपमा स्टार अस्पतालले जनायो आपत्ति

छानविन समिति भन्छ - स्टार अस्पतालले गलत र नक्कली रिपोर्ट दिएको भन्ने कहींकतै भेटिएन

परीक्षण नै नगरी रिपोर्ट दिएको भन्ने आरोपमा स्टार अस्पतालले जनायो आपत्ति

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला धेरै नीजि अस्पतालले संक्रमितलाई भर्ना गरेर उपचार गर्न डराएका बेला अघि सरेर कोरोना संक्रमितको उपचार गरेको काठमाडौंको सानेपास्थित स्टार अस्पताललाई यतिखेर एउटा आरोप लागेको छ । कोरोनाको परीक्षण नै नगरी रिपोर्ट दिएको भन्ने । तर यही आरोपको स्टार अस्पतालले खण्डन गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले कसरी यस्तो कुरा बजारमा आयो भन्ने कुराले आफू चकित परेको बताए । उनले भने, स्टार अस्पतालले कोरोना महामारीका बेला जुन रुपमा जोखिम मोलेर काम गरिरहेको छ त्यही कुरा मन नपराउनेले यस्तो हल्ला बजारमा फैलाएको हुनसक्ने जनाए । उनले भने, सरकारले बनाएको छानविन समितिले नै कुनै पनि समस्या नभएको र भण्डारणको मात्र समस्या देखिएको भनेर प्रतिवेदन दिइसकेको अवस्थामा विभिन्न माध्यममा स्टार अस्पतालले नक्कली रिपोर्ट दिएको भन्ने हल्ला फैलाउनु दुखद भएको जनाए ।

उनले स्टार अस्पताल ५ हजार भन्दा बढी सेयर सदस्य भएको पब्लिक लिमिटेड अस्पताल भएकाले यस्तो बदमासी गरेर लुक्ने कुरै नभएको भन्दै ५ हजार सेयर सदस्यलाई स्पष्टीकरण दिनुपर्ने गरी कुनै गलत काम नगरेको दाबी गरे । उनले यस्तो गल्ती गरेको भन्नेलाई प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले स्टार अस्पताल ५ हजार भन्दा बढी सेयर सदस्य भएको पब्लिक लिमिटेड अस्पताल भएकाले यस्तो बदमासी गरेर लुक्ने कुरै नभएको भन्दै ५ हजार सेयर सदस्यलाई स्पष्टीकरण दिनुपर्ने गरी कुनै गलत काम नगरेको दाबी गरे । उनले यस्तो गल्ती गरेको भन्नेलाई प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

उता स्टार अस्पतालका  प्रयोगशाला प्रमुख गोबिन्द अकेलाले स्टार अस्पताल सरकारी स्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि धेरै पीसीआर परीक्षण गर्ने प्रयोगशाला रहेको भएर पनि धेरै जनाको आँखामा परेको हुनसक्ने जनाए । उनले अहिलेको सूचना प्रविधिको जमानामा कसरी स्वाब नै संकलन नगरी रिपोर्ट दिन सकिन्छ भन्दै प्रश्न गरे । सामान्य मानिसले पनि सोच्ने कुरा हो । उनले हालसम्म स्टार अस्पतालले ७८ हजार भन्दा बढी पीसीआर परीक्षण गरेकोमा ती सबैको रिपोर्ट सुरक्षित रहेको भन्दै कसैले पनि जुनसुकै बेला हेर्न चाहेमा देखाउन तयार रहेको जनाए । उनले आफनो ल्याबमा डाटा इन्ट्री गर्न र यसलाई सुरक्षित गर्नका लागि मात्रैै ४ जना कर्मचारी खटाइएको भन्दै यसकाबारेमा नबुझी गलत सूचना बाहिर आएकोमा दुख व्यक्त गरे ।

उनले भने, ‘छानविन समितिका पदाधिकारीहरु आएर सबै हेरेर गइसक्नु भएको छ । उहाँहरुले कहींकतै पनि खोट भेट्नु भएको छैन्।’  उनले थपे, जहाँसम्म स्वाब भणडारणको कुरा छ । यसमा पनि द्धिविधा रहेको पाइन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेभसाइटमा अहिले पनि हेर्ने हो भने पोजेटिभ रिपोर्ट आएमा एक महिना र नेगेटिभ रिपोर्ट आएमा ४८ घण्टासम्म भण्डारण गर्नुपर्ने उल्लेख छ । त्यही निर्देशिका हामीले फलो गरेका हौं उनले भने । यदि परिवर्तन भएको भए हामीलाई जानकारी गराउनु पर्दथ्यो त्यो पनि छैन्। त्यसैले अहिले केही पनि गल्ती नभेटिएपछि भण्डारणको कुरा उठाइएको उनको आरोप छ ।

स्टार अस्पतालका  प्रयोगशालाका प्रमुख गोबिन्द अकेलाले हालसम्म स्टार अस्पतालले ७८ हजार भन्दा बढी पीसीआर परीक्षण गरेकोमा ती सबैको रिपोर्ट सुरक्षित रहेको भन्दै कसैले पनि जुनसुकै बेला हेर्न चाहेमा देखाउन तयार रहेको जनाए । उनले अहिलेको सूचना प्रविधिको जमानामा कसरी स्वाब नै संकलन नगरी रिपोर्ट दिन सकिन्छ भन्दै प्रश्न गरे । उनले आफनो ल्याबमा डाटा इन्ट्री गर्न र यसलाई सुरक्षित गर्नका लागि मात्रै ३ जना कर्मचारी खटाइएको भन्दै यसकाबारेमा नबुझी गलत सूचना बाहिर आएकोमा दुख व्यक्त गरे ।

उता अस्पतालका प्रबन्ध निर्देशक डा शैलले पीसीआर परीक्षणको रिपोर्ट फरक आउनु स्वभाविक भएको बताउँछन्। हामी सबैलाई थाहा छ पीसीआर परीक्षण शतप्रतिशत सही हुन्छ भन्ने हैन् । यसमा ७० देखि ७५ प्रतिशतसम्म मात्र सही हुन्छ भनेर विभिन्न अध्ययनले जनाएको छ । फल्स नेगेटिभ र फल्स पोजेटिभको सम्भावना जहिल्यै रहन्छ । त्यसैले जहाँसम्म स्टार अस्पतालमा नेगेटिभ देखिएर विदेश गएकाहरुको त्यहाँ परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको कुरा छ त्यसमा पनि हाम्रो आपत्ति रहेको छ । उनले भने, ‘कुनै पनि व्यक्ति संक्रमणको विन्डो पिरीयडमा भएर रिपोर्टमा पोजेटिभ नदेखिएको हुनसक्छ । साथै कहिलेकाहीं भाइरल लोड बढी नभएर नेगेटिभ देखिएको पनि हुनसक्छ र उ त्यहाँ पुग्दा १२ \२४ घण्टापछि पोजेटिभ देखिनु नौलो कुरा हैन् । अर्को कुरा हामीकहाँ नेगेटिभ देखिएका १० मध्ये ३ जनाको सरकारकै केन्द्रिय ल्याबमा परीक्षण गर्दा पनि नेगेटिभ नै रिपोर्ट आइसकेको छानविन समितिले जनाइसकेको छ भने हामी कसरी बदमास भयौँ उनले प्रश्न गरे ।

यस विषयमा छानविन समितिका एक सदस्यले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘बाहिर हल्ला भए जस्तो स्टारमा नक्कली रिपोर्ट र गलत रिपोर्ट दिएको भन्ने केही पनि पाइएन । उहाँहरुको प्रयोगशालाले सबै मापदण्ड पालना गरेको नै पाइयो । तर सरकारले भने बमोजिमको भण्डारणको भने समस्या देखियो । त्यसैले हामीले त्यही नै उल्लेख गरेर प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकेका छौं । शायद उहाँहरुलाई स्पष्टीकरण सोधिएको पनि भण्डारणको विषय मात्रै हो ।’

पीसीआर परीक्षण अनुमति पाउने पहिलो नीजि अस्पताल
स्टार अस्पताल पीसीआर परीक्षणको अनुमति पाउने नीजि क्षेत्रको पहिलो अस्पताल हो । स्टारले २०७७ साल असार २९ गतेदेखि पीसीआर परीक्षण शुरु गरेको थियो । त्यसयता आजको दिनसम्म ७८ हजार भन्दा बढी  पीसीआर परीक्षण भइसकेको छ । यो सरकारी केन्द्रिय ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि धेरै पीसीआर परीक्षण गर्ने ल्याबमा पर्छ ।

यसैगरी स्टार अस्पतालले नेपालमा कोरोना महामारी शुरु भएदेखि नै बिना हिच्किचाहट संक्रमितको उपचार गर्दै आएको छ । अन्य अस्पतालले ज्वरो आएका बिरामी समेत भर्ना लिन नमान्दा स्टार अस्पतालले भने कुनै पनि बिरामी नफर्काएको जनाएको छ । जसले गर्दा बिरामीको पहिलो रोजाईमा स्टार पर्दै आएको छ । अहिले अस्पतालमा कोरोना संक्रमितका लागि ३० बेड र १० वटा डेडिकेटेट आइसीयू छुट्याइएको र हाल सबै बेड भरिभराउ भएको अस्पतालले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

थप समाचार

थप २७० जनामा कोरोना पुष्टि

थप २७० जनामा कोरोना पुष्टि