२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ३७ पुगेको छ ।नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशभर १९८० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । उता २ लाख बढी संक्रमित निको भइसकेका छन् ।
देशभर हाल १८ हजार ८८४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति