२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ३७ पुगेको छ ।नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशभर १९८० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । उता २ लाख बढी संक्रमित निको भइसकेका छन् ।
देशभर हाल १८ हजार ८८४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा