थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, ३०४३ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्ष्ण मा जम्मा १९८० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । यीमध्ये २ लाख २ हजार ६७ जना संक्रमण भएर पनि निको भइसकेको मन्त्रालयले जनाएको छ ।
उता पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।
हाल देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन्।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति