स्वास्थ्य मन्त्रालयले ४ वटा प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका ४ वटा पीसीआर परीक्षण गर्ने प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले ह्याम्स अस्पताल, स्टार अस्पताल, सेन्ट्रल डायग्नोष्टिक ल्याब र सुरिया हेल्थ केयरलाई स्पष्टीकरण सोधेको हो । यी प्रयोगशालामा नेगेटिभ रिपोर्ट आएपछि दुबई, हङकङ, जापान लगायतका देश पुगेका नेपालीमा त्यहाँ परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि सरकारले छानविन शुरु गरेको थियो ।
मन्त्रालयले नेगेटिभ रिपोर्ट आएमा नमुना एक महिनासम्म र पोजेटिभ आएमा ३ महिनासम्म भण्डारण गरेर राख्नुपर्नेमा यी प्रयोगशालाले यस्तो गरेको नपाइएको भन्दै आज स्पष्टीकरण सोधेको हो ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति