स्वास्थ्य मन्त्रालयले ४ वटा प्रयोगशालालाई सोध्यो २४ घण्टे स्पष्टीकरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका ४ वटा पीसीआर परीक्षण गर्ने प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले ह्याम्स अस्पताल, स्टार अस्पताल, सेन्ट्रल डायग्नोष्टिक ल्याब र सुरिया हेल्थ केयरलाई स्पष्टीकरण सोधेको हो । यी प्रयोगशालामा नेगेटिभ रिपोर्ट आएपछि दुबई, हङकङ, जापान लगायतका देश पुगेका नेपालीमा त्यहाँ परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि सरकारले छानविन शुरु गरेको थियो ।
मन्त्रालयले नेगेटिभ रिपोर्ट आएमा नमुना एक महिनासम्म र पोजेटिभ आएमा ३ महिनासम्म भण्डारण गरेर राख्नुपर्नेमा यी प्रयोगशालाले यस्तो गरेको नपाइएको भन्दै आज स्पष्टीकरण सोधेको हो ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?