नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरसको संक्रमण भएर ज्यान गुमाउनेको संख्या १३ सय २१ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्येबाट मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । यसैगरी संक्रमणबाट निको हुने दर ८८ दशमलब ४ प्रतिशत रहेको छ । हाल देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने ती मध्ये १ लाख ९९ हजार २४ जना निको भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा