नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरसको संक्रमण भएर ज्यान गुमाउनेको संख्या १३ सय २१ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्येबाट मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । यसैगरी संक्रमणबाट निको हुने दर ८८ दशमलब ४ प्रतिशत रहेको छ । हाल देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने ती मध्ये १ लाख ९९ हजार २४ जना निको भइसकेका छन्।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति