थप १६६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६६९ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । यी मध्ये १ लाख ९९ हजार २४ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । आज मात्रै ५ हजार ६९९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज भएका मृतकसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय २१ पुगेको छ । हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति