गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदशेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९५७ जना पुगेको छ । लाइफ केयर एण्ड डायग्लोष्टिक प्रालिमा गरिएको परीक्षणमा ३ जिल्लाका २१ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १९ जना, तनहुँ व्यासका १ जना र स्याङ्जा पुतलीबजारका १ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा