जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको शनिबार राती विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै मृत्यु भएको हो ।
हाल कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा सिराहामा शाखा प्रमुखका रुपमा कार्यरत देव विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत रहेको बताइएको छ । आफनो कार्य क्षेत्रमा रहँदा नै कोरोना संक्रमणमा परेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको भए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव समेत हुन्। युनियनले उनको मृत्युले जनस्वास्थ्यको क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।
पछिल्लो समय स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेको छ । शनिबार मात्रै वरिष्ठ शल्य चिकित्सक डा ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति