कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको आज मृत्यु भएको छ । कोरोना संक्रमणमा परी चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुई साताअघि कोरोना संक्रमणमा परेका उनको स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । तर पुन: समस्या आएपछि अस्पतालमा भर्ना गरेर राखिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
नेपालमा शल्य चिकित्सा शुरु र विस्तार गर्न महत्वपूर्ण योगदान दिएका उनको मृत्युले सम्पूर्ण चिकित्सा क्षेत्रमा क्षति पुगेको बताउँछन् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल । डा मुडभरी ओम अस्पतालका संस्थापक सदस्य समेत हुन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड