थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । यी मध्ये १ लाख ९३ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन्। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको मन्त्रालयले जनाएको छ । उता गत २४ घण्टामा २३ सय २३ संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुगेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै