Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुशील कोइराला क्यान्सर अस्पतालमा शल्यक्रिया सेवा शुरु

सुशील कोइराला क्यान्सर अस्पतालमा शल्यक्रिया सेवा शुरु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । संघीय सांसद नन्दलाल रोकायले सो सेवाको एक कार्यक्रमका बीच शुरुवात गरेका हुन्।

अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले शल्यक्रिया सेवा सुरु पछि अब जटिल प्रकारका शल्यक्रिया समेत सञ्चालन गर्ने योजना रहेको जनाए । स्तन क्यान्सर भएकी महिलाको शल्यक्रिया गरी सेवा शुरु गरिएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष तथा अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले १५ वर्ष अघि जनताको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको क्यान्सर अस्पतालको सेवा बिस्तार हुनु सबैको खुशीको कुरा भएको बताए ।

यसअघि अस्पतालमा किमो लगायतका सेवा शुरु गरिएको भए पनि शल्यक्रिया भने शुरु भएको थिएन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन