पछिल्लो २४ घण्टामा ५३६४ जना संक्रमणमुक्त, १९४५ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन। त्यसैगरी आज १९ सय ४५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यी मध्ये हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन्।
उता गत २४ घण्टामा देशभर थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्यासँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा