विषाक्त रसायन भेटिएपछि ५ कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिबन्ध
हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले ५ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।
विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
यसरी विषाक्त रसायन मिसाउने उद्योगहरुमा सिता हर्बल प्रडक्ट सुनसरी, मकालु जडीबुटी उद्योग धरान,सुनिमा आयुर्वेद कम्पनी विराटनगर, एमके हर्वल इन्डस्ट्री ललितपुर र ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालि रहेका छन्। यसभन्दा अघि पनि विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको भन्दै केही कम्पनीलाई उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
विषाक्त रसायन मिसाइएको स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताउँदै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण