काठमाडौं उपत्यकामा थपिए १२२९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ५१३ महिला र ७१६ जना पुरुष गरी १२२९ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २१०३ जना नयाँ संक्रमित थपिंदा उपत्यकामा आधा भन्दा बढी संक्रमित थपिएका हुन्।
यसैगरी हाल काठमाडौंमा मात्रै १२ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर भने २८ हजार १०६ सक्रिय संक्रमित छन्।
उता हालसम्म काठमाडौंका ३१२, भक्तपुरका ८१ र ललितपुरका ८९ जना संक्रमितको मृत्यु भइसकेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै