कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यसबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शुन्य दशमलब ६ प्रतिशत रहेको छ भने यसबाट निको हुने दर ८६ दशमलब ३ प्रतिशत रहेको छ ।
यसैगरी आज २१०३ जना नयाँ संक्रमित थपिएका छन् भने २८५८ जना संक्रमित निको भएका छन्। नेपालमा हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।
पछिल्लो समय कोरोना संक्रमणबाट हुने मृत्यु बढिरहेको पाइन्छ । विज्ञहरुले चिसो मौसममा कोरोना भाइरस अझ बढी सक्रिय हुने बताउँदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा