२४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर थप २१०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । यी मध्ये १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर २८ हजार १०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएर ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ । देशभर ७६७ जना भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड