देशभर रहेका २८ हजार ८७८ सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : बुधबारसम्म देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये आधा भन्दा बढी १५ हजार ६९० जना संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा मात्रै १२ हजार ५७२ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा १ हजार ६२ र ललितपुरमा २ हजार ५६ जना संक्रमित होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यो संख्या हेर्दा देशभर रहेका सक्रिय संक्रमितको आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।
यसैगरी हालसम्म काठमाडौंका ३०७, भक्तपुरका ८० र ललितपुरका ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । नेपालमा आज १४४२ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । आज देशभर १४४२ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ३८ जना थपिएका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा