थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
यी मध्ये १ लाख ८२ हजार ७८० जना कोरोना संक्रमित निको भइसकेका छन् भने देशभर २८ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा