भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का ७५ वर्षीय संक्रमित पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कार्तिक २६ गते स्वास्थ्यमा समस्या भएर नेपालगंज मेडिकल कलेज भर्ना भएका र कोरोना पुष्टि भएपछि २७ गते भेरी अस्पतालमा सारिएको थियो ।
मुटुका रोगी रहेका उनको स्वास्थ्य अवस्था खराब हुँदै गएर आज उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकेमा अन्य जिल्लाबाट आएर ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा