ईशान बाल अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालका संस्थापक सदस्य समेत रहेका थापाको हिजो राती मेडिसिटी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको ईशान अस्पतालका निर्देशक डा आरपी चौधरीले जनाएका छन्। १० दिनदेखि कोरोना संक्रमणमा परेर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारमा रहेका उनको आइतबार राती मृत्यु भएको हो ।
बाल शल्य चिकित्सामा महत्वपूर्ण भूमिका निभाएका ८० वर्षीय वरिष्ठ बाल शल्य चिकित्सक डा थापा नेपाल बर्न सोसाइटीका समेत अध्यक्ष हुन्। आजै अर्का चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । सरकारले यी दुबै डाक्टरको मृत्युबाट देशलाई ठूलो क्षति पुगेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?