वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल चन्द्र झाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई सातादेखि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा रहेका उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कार्तिकको दोस्रो सातादेखि कोरोना संक्रमणमा परेका उनमा कडा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । झाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनमा प्लाज्मा थेरापी र रेम्डिसिभिर पनि चलाइएको तर अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रमुख विज्ञ सल्लाहकार डा खेम कार्कीले जनाएका छन्। उनले भने, ‘उहाँलाई बचाउन निकै प्रयास भएको हो तर अन्य रोगहरुका कारण पनि मल्टी अग्र्यान फेलिअर भएपछि आज बिहान उहाँको मृत्यु भयो ।’
मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा झा लेखनमा पनि उत्तिकै रुचि राख्थे । उनका विभिन्न पुस्तकहरु बजारमा आएका छन्।
उनका परिवारमा पनि कोरोना संक्रमण देखिएको भए पनि उनीहरुमा भने लक्षण देखिएको थिएन ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा