२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२२१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २१ पुगेको छ ।
आज देशभर १४७७ जना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी १ हजार २१ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा