लक्ष्मी पूजाका दिन १३ जना संक्रमितले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज लक्ष्मी पूजाका दिन १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । त्यसो त यो संख्या पछिल्लो २४ घण्टामा मृत्यु हुनेको हो । तर मन्त्रालयले हिजो नै मृत्यु भएकाको पनि आज मात्र अपडेट दिने गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।
आज देशभर १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । यी मध्ये १ लाख ७० हजार ६३२ जना कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?