थप १९४६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । यी मध्ये १ लाख ७० हजार ६३२ जना कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्। आजै मात्र २५०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
उता पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या १२१५ पुगेको छ । हाल देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा