थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्ये मृत्युदर शुल्य दशमलब ६ प्रतिशत रहेकोे पाइन्छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २१११ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। उता कोरोनाको आशंकामा ९८६ जना क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण