२४ घण्टामा देशभर थपिए २१११ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा आज थप २१११ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २१११ जना संक्रमित थपिएका हुन्। योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
यी मध्ये १ लाख ६८ हजार १२९ जनाले कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा