अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा दिव्या सिंह शाह
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डीन प्राडा दिव्या सिंह शाहलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको निर्णयले प्रधानमन्त्रीकी नीजि चिकित्सक समेत रहेकी डा शाहलाई २ वर्षका लागि मनोनयन गरेको हो।
यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई मनोनयन गरेको छ। उनीहरुको पनि कार्यकाल २ वर्षको हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा