नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
आज थप २५६९ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको हो । यसैगरी आज थप २६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय ७४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन्। जो विभिन्न अस्पताल र आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा