काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १४२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २७३६ जना कोरोना संक्रमित थपिंदा उपत्यकामा मात्रै आधा भन्दा बढी संक्रमित १४२० थपिएका हुन्।
आज संक्रमित हुनेहरुमा काठमाडौंका ११४१ जना, भक्तपुरका ८६ जना र ललितपुरका १९३ जना रहेका छन्। पछिल्लो समय देशभरका संक्रमितमध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा नै थपिंदै आएका छन्।
आज देशभर २७३६ जना कोरोना संक्रमित थपिएका छन् भने २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल काठमाडौं उपत्यकामा १६ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा १२ सय २४ जना र ललितपुरमा २३ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै