आज थप २७३६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार आज देशभर थप २७३६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८५३ जना संक्रमित निको भएसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
उता गत २४ घण्टमा कोरोना संक्रमणबाट २२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ सय ४८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा