थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, १७९८ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २५७१ कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको मन्त्रालयले जनाएको छ ।
उता गत २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै