यी १२ जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका १२ जिल्लामा अझै पनि ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये १२ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी,चितवन, काभ्रे, कास्की, नवलपरासी, दाङ, रुपन्देहीमा हाल ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको भए पनि हाल एउटा जिल्ला मनाङ जिल्लामा मात्र कोरोना संक्रमित छैनन्।
आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । यी मध्ये काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा मात्रै हाल १५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै