केडीसी अस्पतालमा कोरोना संक्रमितका लागि आईसीयू बेड थपियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित केडीसी अस्पतालले कोरोना संक्रमितका लागि आईसीयू र भेन्टिलेटर सेवा बिस्तार गरेको छ ।
यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्विकृति लिई कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालले जटिल प्रकारका संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर सेवा बढाएको हो ।
अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जटिल प्रकारका कोरोना संक्रमितको उपचारमा समस्या नहोस भनेर आईसीयू र भेन्टिलेटसहतिको सेवा बिस्तार गरेको जनाए । उनले भने, ‘यतिबेला कयौं कोरोनाका बिरामी आइसीयू र भेन्टिलेटर नपाएर ज्यान गुमाउन परेको अवस्था आएको छ । सोही कुरा मनन गरी यो बेला हामीले आईसीयू सेवा बिस्तार गरेका हौं ।’
उनले हाललाई अस्पतालले १२ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थप गरेको जनाए । उनले कोरोना संक्रमितको लागि २४ घण्टा दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिने पनि जानकारी दिए । अस्पतालले सरकारले तोके बमोजिम गरिब तथा विपन्न नागरिकका लागि नि : शुल्क उपचार गरिने पनि उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठ आफै पनि कोरोना संक्रमणमा परी निको भएका हुन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड