थप २८१७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख नजिक पुग्न लागेको छ । हाल देशभर १ लाख ९४ हजार ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यी मध्ये १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भइसकेका छन् भने ३५ हजार ४१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
उता गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय ८ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित