नेपालमा परीक्षण गरिएका मध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना आशंकामा पीसीआर परीक्षण गरिएकामध्ये १२ प्रतिशतलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षण गरेकाम्धये १२ दशमलब ४ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको पाइएको हो । नेपालमा सरदर दैनिक रुपमा १० हजार जनाको कोरोनाको आशंकामा पीसीआर परीक्षण हुने गरेको छ ।
त्यसमध्ये १२ प्रतिशतमा मात्रै कोरोना पाजेटिभ देखिंदै आएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना संक्रमितमध्ये मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म देशभरका निजी र सरकारी गरी ७० वटा प्रयोगशालामा १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये १ लाख ८८ हजार ८८३ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये ८१ प्रतिशत निको हुने दर रहेको पाइन्छ । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा