नेपालमा कोरोना : संक्रमित हुनेमा ६७ प्रतिशत पुरुष
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या महिलाको भन्दा पुरुषको बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको हो ।
मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म भएका कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला रहेका छन्। बिहीबारसम्म १ लाख ८५ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा १ लाख २४ हजार ५१५ जना पुरुष रहेका छन्। त्यसैगरी कोरोना संक्रमण पुष्टि भएका महिलाको संख्या ६१ हजार ४५९ रहेको छ ।
यसैगरी हालसमम संक्रमित मध्ये १ लाख ४८ हजार ४०८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ७९ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा देशभर रहेका प्रयोगशालामा कार्तिक २० गतेसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा हालसम्म १ हजार ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्यालाई हेर्दा नेपालमा कोरोनाबाट हुने मृत्यु दर जम्मा शुन्य दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन्। जो होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा